images
images

क्रिकेटर सन्दीप लामिछाने नेपाल फर्किँदै


  • 484
    SHARES
  • २०७९ आश्विन १५ गते शनिबार

    क्रिकेटर सन्दीप लामिछाने नेपाल फर्किँदै

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आगामी असोज २० गते नेपाल आउने र आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको बताएका छन् । 

    ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहार्याउँछु । सबै कानुन प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु ।’

    उनले आफूले कुनैपनि प्रकारको गल्ती नगरेको बताउदैँ आफूमाथि लागेका सबै आरोप समयको अन्तरालमा उजागर हुनेमा विश्वास व्यक्त गरेका छन् ।  आरोप लागेपछि लामिछाने स्वदेश नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।


    images
    images

    Logo