images
images

चाडबाडमा पनि बढ्दै छ बैंकहरुकाे निक्षेप, कस्तो छ कर्जा लगानी ?


  • 406
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    चाडबाडमा पनि बढ्दै छ बैंकहरुकाे निक्षेप, कस्तो छ कर्जा लगानी ?

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा पनि बैंकहरुको निक्षेप बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज १२ गते एकैदिन ५ अर्ब रुपैयाँ बैंकहरुको निक्षेप बढेको हो । 


    राष्ट्र बैंकका अनुसार असोज ११ गते ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेको निक्षेप १२ गते ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब २८ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ४ अर्ब रुपैयाँले बढेको छ । असोज ११ गते ४५ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो १२ गते सो रकम ४ अर्बले बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्ताहरुको पनि निक्षेप भने १ अर्बले बढेको छ । असोज १२ गते बैंक तथा वित्तीय संस्ताहरुको निक्षेप ६ खर्ब २ अर्ब रुपैयाँ रहेको छ । 

    यसरी बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढ्दा कर्जा लगानी पनि ५ अर्बले नै बढ्न पुगेको छ । असोज ११ गते ४७ खर्ब ३१ अर्ब रहेको निक्षेप १२ गते ५ अर्बले बढेर ४७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ४ अर्बले बढेर ४१ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १ अर्बले बढेर ५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । 

    असोज १२ गते बैंकहरुको सीडी रेसियो ८७.१६ प्रतिशतमा रहेको छ । 


    images
    images

    Logo