images
images

ग्यास चुहिएर आगलागी, लाखौँको क्षति 


  • 285
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    ग्यास चुहिएर आगलागी, लाखौँको क्षति 

    झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा १७ लाखको क्षति भएको छ । 

    इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दशैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताए । आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन् ।

    आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते हुनुभएको छ । आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए ।

    मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन । घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएको उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिइन् ।


    images
    images

    Logo