काठमाडौं । आशा लघुवित्तले ७ लाख ८९ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले कुल ७ लाख ८७ हजार ९ सय कित्ता संस्थापक बोलकबोल मार्फत शेयर विक्री गर्ने भएको हो । लघुवित्तमा कायम रहेका संस्थापक शेयरधनीहरुको शेयरमा असोज २३ गतेदेखि असोज ३१ सम्म आवेदन दिनसक्नेछन् ।
शेयर खरिदको लागि न्युनतम मुल्य प्रतिशेयर ३ सय ९५ रुपैयाँ तोकिएको छ । शेयरधनीले सो बा सो भन्दा बढी अंकित मुल्यमा आवेदन दिनसक्नेछन् । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा गएर गोप्य रुपमा आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले आवेदन दिदाँ न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ ।