images
images

सन्दर्भ : विश्व मुटु दिवस

‘मुटुरोगका कारण एक वर्षमा डेढ करोडले ज्यान गुमाउँछन्’


  • 462
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    ‘मुटुरोगका कारण एक वर्षमा डेढ करोडले ज्यान गुमाउँछन्’

    काठमाडौं । आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवस । मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सचेचनामूलक कार्यक्रम गरी विश्वभरी मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

    मुटु दिवसकै सन्दर्भमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विश्वभरी वर्षमा १ करोड ४६ लाख मानिसको मृत्यु मुटु रोगबाट हुने गरेको जानकारी दिँदै यो मानिसको मृत्यु हुने प्रमुख कारणमध्ये एक भएको बताए । 

    उनले स्वस्थ खानपान, आराम तथा व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्न सकिने बताउँदै यसका लागि जनचेतना आवश्यक भएको समेत बताए । उनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले मुटुको समेत सेवा दिने गरेको बताउँदै विगत १ वर्षमा मात्रै २ सय भन्दा बढीलाई मुटुसम्बन्धी विशिष्टिकृत सेवा दिएको उल्लेख गरे । 

    केन्द्र मुटुसम्बन्धी सेवाका लागि उपत्यकाकै तेस्रो अस्पतालमा पर्छ । मुटुकै विशिष्ट सेवा दिने शहीद गंगालाल हस्पिटल र टिचिङ हस्पिटलछि तेस्रो नम्बरमा यो केन्द्र पर्ने पनि उनले दाबी गरे । 

    सो केन्द्रले हाल २ वटा सेवा दिँदै आएको छ । जसमध्ये सामान्य र विशिष्टिकृत सेवा रहेको छ । सो केन्द्रमा एक दिनको ओपीडी सेवामा ५० जनालाई सेवा दिने र ३०–३५ बटा इको गर्ने गरेको केन्द्रका डा. प्रवेश न्यौपानेले बताए । महिनामा करिब ४ सय वटा इको र ६ सयवटा अपीडी हुने गरेकाे समेत उनले बताए । 

    उनले ७० प्रतिशत भन्दा बढी नसा जाम भयो भने हटअट्याक हुने र त्यस्तो जाँच गर्ने प्रोेसेशलाई एन्जीयोग्रफि भनिने उनले बताए । साथै सो सेवामा एन्जियो गा्रफि,एन्जियो प्लाष्टि, इमर्जेज्सी पेडिकार्डियोर सेन्टेन्सिस सेवाहरु रहेको बताए । 
     
    सो केन्द्रमा यस्तो सेवा दिनेमा प्रवेश न्यौपाने, डा. किशन कुसुवाह र पारस कोइरालाको मेजर टिम रहेको समेत उनले बताए । 

    यी ७ कारणबाट लाग्न सक्छ मुटुरोग
    १. उच्चरक्तचाप
    २. उच्च कोलेस्टोर
    ३. धुम्रपान
    ४. मधुमेह (सुगर)
    ५. तौलको असन्तुलन
    ६. व्यायामको कमी
    ७. मद्यपान


    images
    images

    Logo