images
images

जगाधनी र मोहीको जग्गा बाँडफाँटको मिति साढे ४ वर्ष थपियो


  • 370
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    जगाधनी र मोहीको जग्गा बाँडफाँटको मिति साढे ४ वर्ष थपियो

    काठमाडौं । सरकारले जगाधनी र मोहीको जग्गा बाँडफाँटको मिति साढे ४ वर्ष थप गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै मोहीयानी हक अन्तर्गत जगाधनी र मोहीको जग्गा बाँडफाँटको मिति साढे ४ वर्ष २०८३ असारमसान्त सम्म पुर्याएको हो । यसअघि २०७८ पुससम्म बाँडफाँट अवधि तोेकिएको थियो । 

    भूमि ऐन २०२१ को चौथो संशोधन भन्दा अघिसम्म निश्चित समय जग्गा कमाइ गरेका मोहीले मोहीयानी हक दाबी गर्न पाउने व्यवस्था छ । चौथो संशोधन पछि भने मोहीयानी हहको अन्त्य गरिएको छ । सो संशोधन भएको मिति २०५३ पुस भन्दा पछि जग्गा कमाइ गर्ने व्यक्तिले भने मोहीको हकमा कुनै दाबी गर्न नपाउने व्यवस्था छ । 

     


    images
    images

    Logo