काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीवार छापावाला सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँ तोकिएको महांघले जनाएको छ ।