काठमाडौं । सिटिजन्स बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले कात्तिक४ गते अमृतभोग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले बैंकले प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांशलाई पारित गर्नेछ ।
साथै, सो सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जाने प्रस्ताव पनि रहेको छ । त्यस्तै, बैंकको प्रबन्धपत्र संशोधन गर्ने, साविक सिर्जना फाइनान्सलाई प्रप्ति गरेपश्ताथ साविक पूजी संरचना बमोजिम प्रबन्धप्रत्र संसोहोभन गर्ने लगायतका प्रस्ताावहरु सो सभामा रहेका छन् ।
साे सभा प्रयाेजनका लागि बैकले असाेज २८ गते १ दिनका लागि बुक क्लाेज गर्ने निर्णय गरेकाे छ ।