काठमाडौं । मालाग्दी भाडा दिन पाउनुपर्ने माग गर्दै धादिङका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । दशैंको मुखमा यातायात बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सोही कारण आज काठमाडौंबाट धादिङ जाने कुनै पनि बसहरु चल्न सकेका छैनन् । बस नचल्दा दशैंका लागि घर जाने यात्रुहरु अलपत्र परेका छन् ।