काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधवार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
देशको आम्दानी कम भएकाले कर्मचारीलाई पर्याप्त तलब दिन नसकेको उनले उल्लेख गरे । सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरे पनि यो अझै पर्याप्त नभएको उनको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै शर्माले सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने समेत बताए ।