काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आईपीओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाइड्रोपावरल प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात ५ अर्ब ८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।



