काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।