images
images

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम निरन्तर खुम्चिदै


  • 447
    SHARES
  • २०७९ आश्विन १२ गते बुधबार

    शेयर बजारमा सामान्य सुधार, कारोबार रकम निरन्तर खुम्चिदै

    काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४१ अंकले बढेर १ हजार ८ सय ३७ दशमलव ४६  विन्दुमा पुगेको छ । वुधबार २ सय २१ स्त्रिपको ४८ करोड ५४ लाख रुपैयाँ बराबरको १३ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार सामान्य अ‌ंकले बढेकाे बजारले बुधबार पनि निरन्तरता पाएकाे हाे । आज काराेबार रकम भने घट्न पुगेकाे छ । 

    आज १ सय कम्पनीको शेयर मुल्य बढेको छ ७४ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ भने ११ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । यस दिन कारोबार आएका १३ वटा उपसमुहमध्ये ९ उपसमुहको सूचक सकारात्मक बनेका छन् भने ४ उपसमुहको सूचक भने घटेका छन् ।

    आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ४४ लाख रुपयाँको शेयर कारोबार भएको छ ।

    आज मन्दाकीनी हाइड्रोपावर कम्पनीको ९.२० प्रतिशतले बढेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको ८.१९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo