काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक चङ्गा नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले सुचना जारी गर्दै दशै नजिकीएसँगै विमानस्थलको बरपर चङ्गा नउडाउन निर्देशन दिएको हो ।
विमानस्थल चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अझै पनि कसैले अटेर गरी चङ्गा उडाइएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ ।
