images
images

नियम उल्लंघन गर्ने ३ हजार १३८ जना सवारी चालक प्रहरीको कारवाहीमा 


  • 410
    SHARES
  • २०७९ आश्विन १२ गते बुधबार

    नियम उल्लंघन गर्ने ३ हजार १३८ जना सवारी चालक प्रहरीको कारवाहीमा 

    काठमाडौँ । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ ।
    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको  हो । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।

    यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo