काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्री गरिने भएको छ । लघुवित्तले ७ संस्थापक शेयरधनीको नाममा रहेको कुल ५६ हजार १४ कित्ता शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न लघुवित्तले अनुरोध गरेको छ ।
कम्पनीले गत साउन १ देखि संस्थापक शेयरधनीका लागि शेयर विक्री खुला गरेको थियो । सो समयभित्र संस्थापकहरुबाट प्रयाप्त आवेदन नपरेकाले लघुवित्तले पुनः बोलपत्र खुला गरेको हो ।