काठमाडौं । नेपाली काँग्रेसले चुनाव प्रचारप्रसार समितिको जिम्मा फेरि प्रकाशशरण महतलाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार महतको नेतृत्वमा समितिको गठन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि स्थानीय चुनावमा समेत उनकै नेतृत्वमा यस्तो समिति गठन भएको थियो । यसपटक घोषणापत्र तयारी समितिमा महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजक बनाइएको छ । जबकी स्थानीय चुनावमा अर्का महामन्त्री गगन थापाको नेतृत्वमा यस्तो समिति थियो ।