images
images

नेपालीले विदेशबाट कुन सामानमा ल्याउँदा भन्सार लाग्दैन ?


  • 784
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    नेपालीले विदेशबाट कुन सामानमा ल्याउँदा भन्सार लाग्दैन ?

    काठमाडौं । पछिल्लो समय विदेसिबाट  फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा  विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कन विभागले आग्रह गरेको छ । 

    के ल्याउँदा भन्सार लाग्दैन ?

    विदशेबाट फर्किने अधिकांशले मोबाइल फोन, सुनचाँदीका गहना, ल्यापटप, कम्प्यूटर, टिभी, घडी, क्यामेरा लगायतका सामग्री साथमा लिएर फर्किने गरेको पाइन्छ । यसरी मनलाग्दी तरिकारले समान ल्याउँदा जफत हुने तथा महँगो भन्सार पनि तिर्नुपर्ने हुन्छ ।

    विदेशबाट फर्कदा अधिकांशले ल्याउने बस्तु हो, मोबाइल । व्यक्तिगत प्रयोजन र परिवार, साथी भाईको लागि मोबाइल फोन ल्याउने प्रचलन नेपालमा अलिबढी नै छ । तर, यसरी जानी–नबुझि मोबाइल फोन ल्याउँदा जफत हुने सम्भावना पनि उत्ति कै रहन्छ । विमानस्थल भन्सार कार्यालयले विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउँदा कुनै भन्सार तिर्न नपर्ने जनाएको छ । तर दुईवटा मोबाइल ल्याउँदा भने २० प्रतिशत भन्सार तिर्नुपर्ने भन्सार विभागले जानकारी दिएको छ । 

    कम्युप्टर एक थान ल्याउन पाइने भन्सार कार्यालयले जनाएको छ । एक थान भन्दा बढी ल्याए बढी भन्सार तिनुपर्ने या समान जफत हुन सक्नेछ । त्यस्तै, घडी, क्यामेरा, भिडियो क्यामेरा, पेन ड्राईभ, पेराम्बुलेटर, ट्राइसाइकल एक–एक थान ल्याउन पाइनेछ । यस्तै, खाद्य परिकारहरु ७ किलो मात्र भन्सार नतिरी ल्याउन पाइन व्यवस्था छ भने मदिरा भने १ लिटरसम्म मात्र ल्याउँदा भन्सार तिर्नुपर्दैन् । 

    वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँने भन्सार कार्यालयले जानकारी दिएको छ । तर, अन्य कुनै व्यक्तिगत तथा पारिवारिक प्रयोजनका लागि विदेश गएका  र १ वर्ष नबिताएकालाई यो सुविधा लागु नहुने भन्सार कार्यालयले जनाएको छ । 

    यदी ४८ ईन्चसम्मको टिभी ल्याउनु परेमा भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्नेछ । ४८ इन्च भन्दामाथिको हकमा भने भन्सार महसुल ३० प्रतिशत, अन्तशुल्क १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्नेछ । 

    आफ्नो लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले पुर्जी जारी गरेबमोजिमका ः औषधी, शारिरिक सहाराको लागि आवश्यक सामान ल्याउँदा कुनै भन्सार तिर्नुपर्दैन् । त्यस्तै, पेशागत प्रयोगका सामान्य प्रकारका सामानहरु ल्याउँदा पनि भन्सार तिर्न नपर्ने कार्यालयले जनाएको छ । 

    ६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १÷१ थान ल्याउन सकिन्छ ।

    शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २–२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ ।

    के छ सुन ल्याउने व्यवस्था ?

    विदेशबाट फर्कने नेपालीहरुले सुनका गहना ५० ग्रामसम्म ल्याउँदा कुनै भन्सार महसुल लाग्दैन । तर, सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार ५०० रूपैया भन्सार महसुल तिरी ल्याउन पाइनेछ । त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम १२ हजार ००० भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुनेछ । 

    त्यस्तै, काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया भन्सार महसुल लाग्दछ । थप ५० ग्राम सम्म प्रति ग्राम १ हजार ५० रूपैया भन्सार महसुल लाग्दछ भने सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुनेछ ।चाँदीको गहना भने ५०० ग्रामसम्म ल्याउँदा कुनै भन्सार तिर्नुपदैन् ।


    images
    images

    Logo