काठमाडौं । बीमा समितिमा लघुबीमा खोल्नका लागि ७ कम्पनीले आवेदन दिएका छन् । लघु बीमाका लागि आवेदन माग गरेको ३३ दिनपछि एकैपटक ७ कम्पनीले समितिमा निवेदन दिएका हुन् ।
यसरी लघु बीमाका लागि आवेदन दिने कम्पनीहरुमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।
बीमा समितिले गत भाद्र १० गते ३५ दिन भित्रमा आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यस अनुसार बिहीवार समितिले दिएको समय सकिँदै छ । यसर्थ लघु बीमाका लागि इच्छुक कम्पनीले असोज १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने समितिले जनाएको छ ।