images
images

१५२ कम्पनीको शेयर मूल्य बढ्दा १५ अंकले बढ्याे नेप्से, परिसुचक १८३१.०५ विन्दुमा


  • 353
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    १५२  कम्पनीको शेयर मूल्य बढ्दा १५ अंकले बढ्याे नेप्से, परिसुचक १८३१.०५ विन्दुमा

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९२ अंकले बढेर १ हजार ८ सय ३१ दशमलव ५ विन्दुमा पुगेको छ । आज २ सय २९ स्क्रिपको ६६ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ । केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजारमा आज  भने सामान्य अ‌ंकले बढेकाे छ । 

    मंगलबार १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ । २७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड र होटल उपसमूह बाहेक ११ वटा उपसमूहको सूचक बढेकाे छ। जसमध्ये हाइड्रोपावर, विकास बैंक र फाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

    आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको २ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको २ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार सामुदायिक लघुवित्तको ९.९७ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo