काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित गर्दै बजार अनुगमन गर्ने थालेको छ । चाडपर्व लक्षित बजार अनुगमन महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा सुरु भएको हो। उपप्रमुख डंगोलसहितको टोली भृकुटीमण्डपमा रहेको खसी बजारसहितका क्षेत्रका बजार अनुगमन गरेको हो । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आज ३ वटा टोली परिचालन गरिए ।
उपप्रमुखले नेतृत्व गर्नुभएको टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार तथा त्यस क्षेत्रमा भएका मासु पसल हेरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ विक्री कक्षमा विक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार कक्ष हेरेको थियो । त्यसपछि कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्था हेरिएको हो ।
उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

उनका अनुसार मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको अनुगमनका क्रममा भेटिएको छ। उनीहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरिएको छ। म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौं। हामीले अनुगमन त्यहीअनुसार गरिरहेका छौं उपप्रमुख डंगोलले भनिन्।
अनुगमनका लागि खटिने ३ वटा टोलीमा संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय तहको पशु सेवासँग सम्बन्धित अधिकारीहरु रहेका छन् ।



