काठमाडौं । अमेरिकाले पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने भएको छ । खाद्य सुरक्षाका लागि अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले पाकिस्तानलाई १० मिलियन डलर सहायता दिने घोषणा गरेका हो ।
वाशिङटानमा आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए र पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताएका हुन् ।
अमेरिकाले अहिलेसम्म बाढी प्रभावितका लागि ५५ मिलियन डलर सहायचा प्रदान गरिसकेको भन्दै उनले खाद्य सुरक्षाका लागि अतिरिक्त १० मिलियन डलर सहायता दिने बताएका हुन् ।