काठमाडौं । आज काठमाडौं उपत्यकामा ३ हजार ५३ जना सवारी चालकलाई प्रहरीले कारवाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् ।
यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारवाही गरेको कार्यालयले जनाएको छ ।