images
images

उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य र अस्वस्थ कसरी छुट्याउने ?


  • 757
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य र अस्वस्थ कसरी छुट्याउने ?

    काठमाडौं । सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । 

    उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । दशैँको नवमीसम्म स्वास्थ्य परीक्षण कार्य संचालन हुने पशु सेवा विभागले जनाएको छ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदै छ ।

    पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

    कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।


    images
    images

    Logo