images
images

दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै


  • 493
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    दशैंको दोस्रो दिन  :  ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    काठमाडौं ।  दशैंको दोस्रो दिन मंगलबार देशभरका विभिन्न ब्रह्मचारिणी देवीको पूजा  गरिन्छ ।ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपको रुपमा पनि लिइछ । सोमबार आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जमरा राखेपछि हिन्दू नेपालीको महान् पर्व बडादशैं सुरु भएको हो। 

    यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। पहिलो दिन शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको थियो। तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। 

    त्यस्तै गरि आज तेस्रो दिन सेतो कपडा लगाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवीलाई मानिने प्रचलन रहेको छ । यसका साथै ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । 

     


    images
    images

    Logo