images
images

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने


  • 761
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ।

    गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ।सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ । 

    सरकारले निर्वाचन स्थलको सुरक्षाका लागि भित्री भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीलाई खटाउने भएको छ।निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ३१ जना र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए। 

    उनले निर्वाचनलाई भयरहिन वाताबरणमा सम्पन्न गर्ने नेपाल प्रहरीले सुरक्षा दिदै आएको महत्वपूर्ण संरचनाको सूरक्षामा खटिएका प्रहरीलाई समेत त्यहाँवाट समेत निकालेर निर्वाचनमा खटाउने जानकारी दिए । निर्वाचनको लागि प्रहरी बलले ३५ हजार आफनै सुरक्षा कर्मी निर्वाचनमा परिचालन गर्ने भएको छ । आँउदो निर्वाचनमा ३ बटै सुरक्षा निकायबाट २ लाख ३५ हजार बढी सुरक्षा कर्मी निर्वाचन सुरक्षाको लागि खटिइने भएका छन् । 


    images
    images

    Logo