काठमाडौं । बालिका बलात्कारका आरोपी सन्दिप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीले इन्टरपोलमार्फत् यस्तो नोटिस जारी गरेको हो ।
योसँगै इन्टरपोलका सदस्य रहेका आवद्ध रहेका विश्वका १ सय ३५ देशमा रहेको भए उनलाई सम्बन्धित देशका प्रहरीले पक्राउ गरी नेपाल पठाउनेछन् ।
लामिछानेले आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको र छिट्टै स्वदेश फर्कने बताउँदै गर्दा उनी विरुद्ध यस्तो नोटिस जारी गरिएको हो ।