काठमाडौं । हिमाल दोलखा हाइड्राेपावरको हकप्रद शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता भएसँगै कम्पनीले सो क्यापिटलाई नियुक्त गरेको हो ।
सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । हालको १ अर्ब ६० करोड पुँजी रहेको कम्पनीले प्रति शेयर अंकित १०० रुपैयाँको दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने लागेको हो ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।



