images
images

दशैंमा ५० प्रतिशतसम्म बढ्यो खसीबोकाको मूल्य


  • 536
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    दशैंमा ५० प्रतिशतसम्म बढ्यो खसीबोकाको मूल्य

    फुङलिङ । खसीबोकाको मूल्य ५० प्रतिशतसम्म बढेको छ । तिब्बतबाट च्याङ्ग्राको आयात रोकिँदा ताप्लेजुङ लगायत पूवी जिल्लामा खसीबोकाको मूल्यमा भारी गिरावट आएको हो । अघिल्लो वर्ष हाट बजारमा प्रतिकिलो ८ सय रुपैयाँ रहेको ज्यूँदो खसीको मूल्य यो वर्ष १२ सय रुपैयाँसम्म पुगेको फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले बताए । 

    अघिल्लो वर्ष टिप्ताला नाकाबाट तिब्बती च्याङ्ग्रा आयात हुने गरेको थियो । यो वर्ष नाका बन्द भएपछि चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । 

    दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद÷बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् । 

    यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन् । प्रतिवटा ३ हजारसम्ममा पाइने पाठापाठी हाटमा ५ हजारभन्दा बढीसम्म मूल्य तिर्नुपरेको खरिदकर्ता बतोँछन् । 

    फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् ।  

    कोभिड महामारको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताउँछन् । आजभन्दा चार÷पाँच वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो । तिब्बतबाट च्याङ्ग्रा आयात हुँदा यहाँ खसीबोका निक्कै सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको शेर्पाले बताए ।


    images
    images

    Logo