images
images

निर्वाचन आयोगले गर्यो दुई जिल्लाको निर्वाचन अधिकृतकाे हेरफेर


  • 416
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    निर्वाचन आयोगले गर्यो दुई जिल्लाको निर्वाचन अधिकृतकाे हेरफेर

    काठमाडौं । निर्वाचन आयोगले दुई जिल्लाका निर्वाचन अधिकृतको हेरफेर गरेको छ । आयोगका अनुसार असोज ११ गतेदेखि लागु हुनेगरि २ जिल्लाको अधिकृतको हेरफेर गरेको हो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभाका सदस्य निर्वाचको लागि खटाइएको सिराहा र सुनसरी जिल्लाका निर्वाचन अधिृकृतको हेरफेर गरेको छ । 

    हेरफेर हुने अधिकृतमा सिराहा जिल्ला क्षेत्र नं २ मा खटाइएका हाल सर्वोञ्च अदालत रामशाहपथ काठमाडौंमा कार्यरत कृष्णा प्रसाद अधिकारीको ठाउँमा सोही ठाँउमा कार्यरत मुकुन्द निरौलालाई खटाइएको छ । 

    त्यस्तै, सुनसरी जिल्ला क्षेत्र.३ मा खटाइएका हाल राजस्व अनुसन्धान विभागका कार्यरत विदुर कुमार कार्कीको ठाँउमा हाल विशेष सहकारी वकिल कार्यालय काठमाडौंमा कार्यरत उमाकान्त पौडेललाई खटाइएको छ ।  

     


    images
    images

    Logo