काठमाडौं । काठमाडौं जिल्ला अदालतको सेवा आजदेखि २३ गतेसम्म बन्द हुने हुने भएको छ । अदालतले सूचना जारी गर्दै सो जनकारी दिएको हो ।
अदालतको सेवा बन्द भएपनि घटस्थापना शनिवार र विजया दशमीबाहेक अन्य दिनमा भने पक्राउ पूर्जी जारी गर्न सकिने उक्त सुचनामा भनिएको छ । पक्राउ पूर्जी जारी गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने अदालतले जनाएको छ ।
