images
images

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 560
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतवार पनि छापावाला सुन साेही मूल्यमा काराेबार भएकाे थियाे । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ । 


    images
    images

    Logo