images
images

एकैदिन ३ हजार ३ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा


  • 515
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    एकैदिन ३ हजार ३ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा

    काठमाडौं । एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ९६ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी चालकलाई प्रहरीले कारवाही गरेको हो । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १ सय ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना रहेका छन् । 

    यस्तै, निशेधित ठाउँमा हर्न बजाउने १ सय ५० जना, नम्बर प्लेट बिना चलाउने २७ जना र अन्य २ हजार ८ सय २५ जना चालकलाई कारबाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

     


    images
    images

    Logo