images
images

सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण


  • 396
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो  नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

    काठमाण्डौं । सर्वोच्च अदालतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

    आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण मागिएको छ । विधेयक प्रमाणीकरण नगरेको भन्दै परमादेश मागसहित परेका पाँचवटा रिटको एकमुस्ट सुनुवाई गरिएको थियो ।  कुनै पनि रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाउ आदेश हुनुलाई सामान्य प्रक्रिया मान्ने गरिन्छ ।

    रिट दायर गर्नेमा देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् । यसैगरी अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।


    images
    images

    Logo