images
images

यस्ता छन् शुक्रबार बसेको मन्त्रिपरिषद्को १३ निर्णय


  • 459
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    यस्ता छन् शुक्रबार बसेको मन्त्रिपरिषद्को १३ निर्णय

    काठमाडौं । शुक्रबार बसेका मन्त्रिपरिषद्ले विभिन्न १३ निर्णय गरेको छ। गत साताको शुक्रबार बसेको राष्ट्रिय सर्तकता प्रहरी (तेस्रो नियमावली) २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, क्यानडाको ओटावामा २०७९ साल असोज १९ गतेदेखि २०गतेसम्म आयोजना हुने डिजीटल समीटमा सहभागी हुन कणाली प्रदेशका प्रमुख माननीय तिलक परियारलाई  स्वीकृत गर्ने निर्णय गरेको छ भने विज्ञापन बोर्डको लागि आर्थिक बर्ष २०७९/८० लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 
     
    त्यस्तै, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रम आर्थिक बर्षको २०७९/८० का लागि राजपत्राङ्कित स्तरको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । शताव्दी पुरुष सत्य मोहन जोशीको हेरचाहका लागि सरकारले नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo