काठमाडौं । सर्वोञ्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विद्येयक फिर्ता हुनुको कारण माग गरेको छ । आइतबार न्यायधीश हरिप्रसाद फुँयालको एक इजलासमा भएको सुनुवाइमा राष्ट्रपति कार्यालयसँग विद्येयक फिर्ता हुनुको कारण माग गरेकाे हो ।
अदालतमा विहीबार दर्ता भएको रिट सुनुवाई हुन नसकेपछि आइतबारलाई तोकिएको थियो । अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियार रिट दर्ता गराएका थिए ।
उनीहरुले संसदबाट दोस्रो पटक पनि पारित भएर आएको १५ दिन भित्र नागरिकता विद्येयक राष्ट्रपति विद्यदेवी भण्डारीले प्रमाणिकरण नगरेपछि सो रिट दर्ता गरेका थिए ।