काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिक उम्मेदवारका लागि बुझाएको उक्त सूचीमा अधिाकांश व्यक्ति संस्थापन पक्षनिकट रहेको छ ।
सूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि रहँदा फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, आनन्द ढुंगाना क्रमशः छन् । त्यस्तै, पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव अनिल रुंगटा, प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जु खाँड लगायत परेका छन् ।
त्यस्तै, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको नाम पनि काँग्रेसको समानुपातिक सूचीमा अटाएको छ । त्यस्तै, गोपालमान श्रेष्ठ समेत समानुपातिक सूचीमा परेका छन् ।