images
images

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल


  • 493
    SHARES
  • २०७९ आश्विन ८ गते शनिबार

    नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

    भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधानको पालना हुन नसकेको बताएकी छिन् ।

    मध्यपुर थिमिस्थित शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभाको उद्घाटनगर्दै  मन्त्री भुसालले सो कुरा बताएकी हुन् ।  संवैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्नेमा नगरेर संविधानको उल्लङ्घन गरेको भुसालको भनाइ थियो ।  मन्त्री भुसालले थपिन्, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकालेकि छिन् ।”

    sankhadhar (6).jpg

    मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई सङ्कटतर्फ धकेल्न नागरिकता बिधयक रोकेको भन्ने आशङ्का पैदा भएको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै सचेत हुने बेला आएको भुसालको भनाई थियो। 

    संविधान अनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर भ्रम फैलाउन खोजिरहेको भन्दै उनले राष्ट्रपति जस्तो सम्मानित संस्थाले जनताको आकांक्षालाई पूरा गर्नुपर्नेमा त्यसो  नभएको भुसालले बताइन् ।

    sankhadhar (4).jpg

    नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन हुँदा स्कुल–कलेज पढ्न, बैंकमा खाता खोल्न, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको मन्त्री भुसालको भनाइ छ । 

    विदेशबाट आयात हुने पेट्रोलीयमको खपत घटाउन घरको भान्छामा इन्डक्सन चुल्हो बाल्न मन्त्री भुसालको आग्रह छ । विदेशी ग्यास हटाउनुस् भन्दै इन्डक्सन चुल्हो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत् महसुल घटाएको उनको भनाइ छ  । सहकारीले आफ्ना सदस्यलाई बोनसको स्थानमा इन्डक्सन चुल्हो दिन मन्त्री भुसालले बताइन् । एलपी ग्यासभन्दा इन्डक्स चुल्हो बाल्न ५० प्रतिशत सस्तो पर्ने र यसले व्यापार घाटा कम गर्ने  मन्त्री भुसालको भनाइ थियो । 

    sankhadhar (2).jpg

    मन्त्री भुसालले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आह्वान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नुपर्ने बताइन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायत सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिए ।


    images
    images

    Logo