काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ७१.४२ अंक १ हजार ८ सय ३८ दशमलव ९६ विन्दुमा घटेर विन्दुमा झरेको छ। बजार ४ कारोबार दिनमध्ये १ कारोबार दिन उकालो लागेसँगै ३ दिन गिरावट आएको थियो । नेप्सेले सो बराबरको अंक गुमाएको हो।
असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने भएपछि सेयर बजार घट्न थालेको थियो त्यस्तै घटेर वुधबार सम्म निरतरता पाएको थियो । । नेप्से घटेसँगै कारोबार रकमपनि घट्न पुगेको छ ।
गत साता नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब ४४अर्ब रुपैयाँ रहेको रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १ हजार ८ सय ७६ दशमलव ४१ को विन्दुमा पुगेको थियो। साताको दोस्रो दिन सोमबार सविधान विर परेकाले शेयर बजार बन्द रहेको थियो । त्युस्तै साताको तेसो दिन मंगलबार नेप्से परिसूचक ३८.८१ अंकले घटेर परिसूचक १ हजार ८ सय ३७ दशमलव ६० बिन्दुमा पुगेको थियो । मंगलबार ९१ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, लगातार ४ दिन घटेपछि बुधबार भने शेयर बजारमा सामान्य सुधार देखिएको थियो । नेप्से परिसुचक ११.१९ अंकले बढेर १ हजार ८ सय ४८ दशमलव ८० विन्दुमा पुगेको थियो । बुधबार शेयर बजार बढेपनि कारोबार रकममा भने भारी गिरावट आएको थियो ।
साताको अन्तिम दिन विहीबार ९्८२ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ९६ विन्दुमा पुगेको थियो ।यस दिन ७२ करोड १२ लाख रुपैयाँमा मा सीमित भएको थियो ।
लाभांशको सिजन सुरु भएपनि शेयर बजार भने बढ्न पुगेको छैन् । यस वर्ष हरेक वर्षजस्तै म्युचुएल फन्डले नगद लाभांश घोषणा गरेर पनि लगानीकर्ताको खातामा जम्मा गरिसकेका छन् भने अन्य कम्पनीहरुले भने धमाधम लाभांश घोषणाको क्रम जारी राखेका छन् । अहिलेसम्म लाभांश दिने कम्पनीहरुमा सिटिजन्स बैंक, नेपाल इन्फास्टक्चर बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इस्योरेन्स, सानिमा हाइड्रोपावर, नेपाल ल्यव आयल, अरुण कावेरी पावर, एशियन लाइफ इस्योरेन्स, नेपाल रिइस्योरेन्स र लम्विनी जनरल इस्योरेन्स रहेका छन् ।



