images
images

एकैदिन ३ हजार ३ सय १३ जना सवारी चालक कारवाहीमा


  • 319
    SHARES
  • २०७९ आश्विन ८ गते शनिबार

    एकैदिन ३ हजार ३ सय  १३ जना सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन  ३ हजार ३ सय १३ जना सवारी चालक कारवाहीमा परेका छन् ।  ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ६६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ८२ जना रहेका छन. । 

    त्यस्तै, हर्नको अनावश्यक प्रयोग गर्ने २ सय २२ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ३३ जना र अन्यमा २ हजार ७ सय ४६ जना चालकहरूलाई कारवाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको  छ ।  


    images
    images

    Logo