images
images

न्युरोडमा शनिबारदेखि चारपाङ्ग्रे सवारी चलाउन रोक 


  • 432
    SHARES
  • २०७९ आश्विन ८ गते शनिबार

    न्युरोडमा शनिबारदेखि चारपाङ्ग्रे सवारी चलाउन रोक 

    काठमाडौं ।  न्युरोडमा आजदेखि सबै प्रकारका चारपाङ्ग्रे सवारीलाई चलाउन रोक लगाइएको छ । काठमाण्डौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट भित्र प्रवेश गर्ने रोक लगाएको हो । 

    यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।

    फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यबस्था मिलाईएको कार्यालयले जनाएको छ ।   

    यसका साथै तोकिएको मिति र समय सम्म धैर्यधारण गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन कार्यालयले आग्रह समेत गरेको छ । 

    Capture.PNG


    images
    images

    Logo