images
images

नाडा ईभी चौतारी : ‘इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड’


  • 323
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    नाडा ईभी चौतारी : ‘इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड’

    काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन । 

    सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नुपरिरहेको छ’ पौडेलले भने । अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाई छ । 

    त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । ‘नेपालको भोगोलिक अवस्थालाईपनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ताखालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ । 

    उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ । 
    सरकारलेपनि २०३० सम्म आधाभन्दा बढी सवारी इभिमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाई छ । ‘नेपालमा इभीको पहूँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन’ । आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार व्यक्त गरे । 

    नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन व्याट्रि उपयुक्त छ  ती गाडीहरुलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पुरा हुने सम्भावना रहेको उनले बताए । ‘हरेक देशले आफ्नो लागी  भनेर मात्रै गाडी बनाउछ भने नेपालका लागी भनेर मात्रै गाडी बनाउदैन’ कार्कीले भने ‘नेपालको आवश्यकतालाई पनि बुझ्नुपर्छ’ । 
    नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा व्याट्रि उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ । नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारलेपनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए । 

    नेपाल सरकारलेपनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जति अपेक्षा गरेका छौं त्यो नहुने उनको भनाई छ । नीजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाईको बताए ।  ईभी चौतारीमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामिले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतिको बिषय रहेको बताउछन । 

    सरकारलेपनि विद्युतीय सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाई छ । अब नेपालमा निजी इर्भिलाई भन्दापनि पब्लिक गाडी तर्फ नै केन्द्रित हुनेपर्ने धामीको दाबी छ । त्यसैगरी सरकारले विद्युतीयमा कन्र्भसन गर्न इन्धनबाट चलने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियामन गर्न संयन्त्रपनि अपनाउनुपर्ने धामी बताउँछन् । 

    डिजेटल पेट्रोलका गाडीलाई बैंकहरुलेपनि कर्जा दिन्छु भन्ने अवस्था छ  विद्युतीय तर्फ बजार अघि नबढिसकेको अवस्थाले छ । त्यसको लागी रिक्स काउन्टर ग्यारेन्टी फन्डको अवधारणापनि ल्याउनुपर्ने बताए । 


    images
    images

    Logo