काठमाडौं । निर्वाचन घोषणा भएपछि रकमान्तर भएको विषयमा निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग जवाफ मागेको छ । सरकारले निर्वाचन घोषणा भइसकेपछि स्वीकृत बजेटभन्दा बाहिर गएर विभिन्न कार्यक्रममा रकमान्तर गरिएको भन्दै आयोगले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रष्टीकरण सोधको हो ।
आयोगले यसरी रकमान्तर भएको भए यसको विवरण २४ घण्टाभित्र पठाउन निर्देशन दिइएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।