काठमाडौं । सानिमा बैंकको संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ५१ हजार कित्ता शेयर विक्री गर्ने भएको हो ।
सो शेयरको न्युनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि न्युनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले अचाफुले किन्न चाहेको कित्तार मूल्य उल्लेख गरि सुचना प्रकाशित भएका मितिले३५ दिनभित्र बैंकको केन्द्रिय कार्यलय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन बैंकले अनुरोध गरेको छ ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ती तथा संस्थालाई यो शेयर विक्री गर्ने समेत बैंकले जनाएको छ ।