images
images

महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र


  • 454
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

    काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १ सय ३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

    उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।    

    अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । मेयर बालेन्द्र शाहको सचिवालमा पुगेका पत्र फरकफरक प्रकृतिका छन. । १ सय ३० बर्ष पहिले राण प्रधानमन्त्री वीर शमशेरको पालमा बाटोमा आवाजजावत गर्ने भन्दै बाटोमा बग्ने टुकुचा छोपेका थिए । मेयर साहले अदालतको आदेशलाई समेत लत्याउँदै टुकुचा खोल्ने क्रम जारी राखेका छन् । 

    काठमाडौं महानगरुपालिकाको ज्यादतिविरुद्ध जय नेपादेखि कमलादीसम्मका स्थानीय तथा व्यवसायीहरुले अदालतमा मुद्दा दायर गरेका थिए ।  अधिंकास नक्साअनुसार भवन निर्माण गरेको प्रमाणको आधारमा मद्दा दर्ता गरेपछि उच्च अदातले काठमाडौं महानगरपालिकाले काम रोक्न पत्राचार गरेको हो ।-नेपाल समाचारपत्रबाट


    images
    images

    Logo