काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । विहीबार सुचना जारी गर्दै कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको हो ।
असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार ४ मंसिरमा हुने निर्वाचनको लागि असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भएमा पूर्व स्वीकृती लिन पर्ने आयोगले जनाएको छ ।
