काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जयनेपाल हलदेखि कमलादीसम्म टुकुचा खोला नै नभएको जनाएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला रेखाङ्कनका लागि अनुरोध गरेपछि गरेको अध्ययनले यस्तो देखाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोही अनुसार महानगरलाई सुझाव समेत पठाएको छ । मन्त्रालयले पठाएको सुझावमा अन्डरग्राउण्डमा रहेको संरचनाको आधारमा माथिको संरचनालाई सरकारी जग्गा मान्न नसकिने उल्लेख गरिएको छ ।