काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विहीवार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
उक्त रिटको पेसी शुक्रबारलाई तोकिएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको भन्दै अधिवक्ता सागर बराल, अविनेश अधिकारी लगायतका ५ जनाले रिट दायर गरेका छन्।
संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक पनि प्रमाणीकरण नगरि फिर्ता पठाएपछि राष्ट्रपति भण्डारीले संविधानको उल्ङघन गरेको भन्दै आज रिट दर्ता भएको हो । रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिएको छ ।



