काठमाडौं । आज शेयर बजारमा सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) ९.८२ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ९६ विन्दुमा पुगेको छ । २ सय २९ स्क्रिपको ६५ करोड ५७ लाख रुपैयाँ बराबरको २५ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । विहीबार ७० करोड ५३ लाख रुपैयाँ कारोबार भएमा आज घटेर ६५ करोड रुपैयाँमा सिमित भएको छ ।
३७ कम्पनीको शेयर मल्य बढेको छ । १ सय ४३ कम्पनीको शेयरमुल्य घटेको छ भने ५ कम्पनीको शेयरम मुल्यमा स्थिर आएको छ ।
आज सवैभन्दा धेरै नविल बैंकको २ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बोटलर्स नेपालको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको १ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



