काठमाडौं । काठमाडौंको भृकुण्डीमण्डलमा नाडाको इलोक्ट्रिक सवारी साधनको कुम्भमेला सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा “नाडा अटो एक्स्पो २०२२” सुरु भएको हो । आजदेखि सुरु भएको मेला असोज ९ गतेसम्म चल्नेछ ।
प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई सवारी साधनहरु राखिएका छन् । उक्त मेलामा सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्धमा खुला गर्ने माग गरेका छन् । उक्त मेलाका अध्यक्ष ध्रुव थापाले सरकारले सवारी साधनमा लगाएको प्रतिबन्धलाई हटाउन माग गरका हुन् । उक्त मेलामा अर्थमन्त्री जनर्दन शर्माको पनि उपस्थित रहेको थियो ।
उनले उक्त मेलाको उदघानमा बोल्दै ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको मेला भएको समेत बताएका छन् । यस्तै, दोस्रो दिन असोज ८ गते विद्युतीय सवारीको वित्तीय पक्षबारे विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् भने अन्तिम दिन असोज ९ गते विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि सरकारी नीतिहरूका विषयमा छलफल हुनेछ ।



